RajanandaRajananda
  • गृह पृष्ठ
  • मेरो बारेमा
  • अभियान
  • संचार माध्यम
  • कार्ययोजना पत्र
  • सम्पर्क
© 2022 Rajananda. All rights reserved
अभियानrajananda_adApril 18, 2022May 2, 2022
राष्ट्रिय पोशाक दिवस–संस्थापक

२०७० साल पौष १७ गतेका दिनबाट सुरु गरिएको नेपाली पोशाक दिवसको स्थापना गरियो। हरेक बर्ष पौष १७ गते अर्थात जनवरी १ का दिन विश्वभरि रहेका नेपाली तथा नेपाली संस्कृती प्रेमी नागरिकहरुले भव्यताका साथ पोशाक दिवसको रुपमा मनाउन थालिएको छ। टोपी दिवसको नामले परिचित अभियानको संस्थापक भएर काम गर्न पाउँनु मेरा लागि गौरवको विषय हो।

राष्ट्रिय झण्डा दिवस –संस्थापक

२०७५ साल पौष १ गतेका दिनबाट मनाउन सुरु गरिएको राष्ट्रिय झण्डा दिवसको संस्थापन गरि नेपालको झण्डाको एक ऐतिहासीक पर्वको स्थापना भएको छ। राष्ट्रिय झण्डाको गरिमा र महिमाको कमी आईरहको वर्तमान समयमा नेपाली नागरिकलाई झण्डाको महत्व दर्शाउन दिवस स्थापना गरियो। विशेषत सन् १९६२ डिसेम्वर १६ का दिन संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई आधिकारिकता दिइएको दिनलाई स्मरण गर्दै विगत ४ बर्षदेखी राष्ट्रिय झण्डा दिवसको रुपमा नेपाल तथा विश्वभरी रहेका नेपालीहरुले मनाईरहेका छन। झण्डा दिवसको परिकल्पना गरि दिवस मनाउन पाउनु मेरा लागि गौरवकोे विषय बनेको छ।

विश्व हिन्दू युवा संघ – केन्द्रिय प्रवक्ता

विश्वभरि रहेका हिन्दू धर्मालम्वीहरुको आस्था र विश्वासको केन्द्र नेपाल हो। हिन्दू धर्मको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो। धर्म पहिचान हो तसर्थ आफ्नो धर्मको रक्षा गर्नु आजको प्रमुख आवश्यक्ता हो। गाई, गाँजा,गोरक्षनाथको ज्ञान विश्व सामु व्याप्त गराउने उदेश्य स्वरुप स्थापना भएको विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा कार्य गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो। यतिबेला लिपुलेकमा बेदव्यासधाम सहित देशव्यापी गौशाला निर्माणमा संगठनले कार्यहरु गर्दै आईरहेको छ।

गौ संरक्षण अभियान – महासचिव

गाईहरुको संरक्षण तथा स्थानिय गाईबाट उत्पादन हुने पञ्चगव्य उत्पादन गर्ने उदेश्य स्वरुप स्थापना भएको यस संस्थाले बर्दियामा ८ वटा गौशाला निर्माण गरिहेको छ। सडकमा विचल्ली पारिएका गाई तथा गोरुको संरक्षण गरि गौशाला निर्माण कार्यका हामी सक्रिय रहि आएका छौँ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल – संस्थापक

राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवसको स्थापना पश्चात नेपालका संस्कृति, सम्पदा र धरोहरको संरक्षण गर्ने मुल उदेश्य राखी यस संस्थाको स्थापना गरिएको हो। प्रतिष्ठानले यसै सालको पोशाक दिवसको दिनमा इतिहासविद तथा वांमयपुरुष सत्यमोहन जोशीज्यूलाई नगद ११,१११ – एघार हजार एक सय एघार रुपैयाँ० सहित राष्ट्रिय धरोहर सम्मानले सम्मानित गरेको छ। साथै संस्थाले पोशाक तथा भेषभुषा संग्राहालयको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

काभ्रे सेवा समाजको कार्यसमिति सदस्य

काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर देशका विभिन्न जिल्लाहरुमा कार्यक्षेत्र बनाएका निजामति तथा सरकारी सेवामा आवद्ध व्यक्तित्व तथा सामाजिक सेवामा सक्रिय काभे्रलीहरुको साझा संगठनको रुपमा काभ्रे सेवा समाज सामाजिक कार्यहरु गर्दै आईरहेको छ। नेपाल सरकारका विभिन्न सरकारी कार्यालयमा कार्यरत तथा सेवा निवृत्त कर्माचारीहरु रहेको यस समाजमा कार्यसमिति सदस्यको रुपमा कार्य गर्दै आईरहेको छु।

स्मार्टपलीका – सहसंस्थापक

स्थानिय तह अर्थात नगर तथा गाउँपालिकाहरुमा डिजिटल रुपान्तरको उदेश्य लिएर स्मार्टपालिकाले विगत ४ बर्षदेखी काम गर्दै आईरहेको छ। डिजिटल शुसासन तथा प्रविधिमैत्री स्थानिय तहको निर्माण गर्दै पेपरलेस, क्यासलेस सरकार संगै अनलाईन सेवा सुचारु गर्ने काम य कम्पनीले गर्दै आएको छ, देशका सयाँै स्थानिय निकायमा सहकार्य गर्दै यतिबेला नेपालको उत्कृष्ट सुचना प्रविधिको कम्पनीको रुपमा स्मार्टपालीका परिचित छ।

सामाजिक आवद्धता

गत बर्ष बनेपा नगरपालिका वडा नं ७ निवासी एकल महिला चन्द्रमाया श्रेष्ठको घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको छ । यस बर्ष बनेपा नगरपालिका वडा नं ३ सुमारा निवासी विपन्न परिवार धुर्व प्रसाद दाहालको घर निर्माण भईरहको छ। बाग्मती सरसफाई, चक्रपथ सरसफाई लगाएतका सरसफाई अभियानमा सक्रिय रहेको छु।

गायन तथा साँस्कृतिक जागरण

क० सिमानामा पर्खाल लगाआँै ९शव्द तथा लय० ख० मेरो झण्डा फरफराउँछ ९शव्द,लय,स्वर०

RajanandaRajananda
Copyrights © 2022 Rajanand | supported by Cellapp
On social networks