RajanandaRajananda

  • गृह पृष्ठ
  • मेरो बारेमा
  • अभियान
  • संचार माध्यम
  • कार्ययोजना पत्र
  • सम्पर्क
© 2022 Rajananda. All rights reserved
गृह पृष्ठrajananda_adMay 24, 2017February 28, 2023

जय स्वाभिमान!

यो माटोको सुगन्धमा म राष्ट्रियता पाउँछु।

मैले लगाउने दौरा सुरुवालमा म पहिचान पाउँछु।

मैले बोक्ने राष्ट्रिय झण्डामा म स्वाभिमान पाउँछु।

त्यसैले त म आफुलाई नेपाली भन्दा गर्व गर्ने गर्छु।

 

विश्व हिन्दू युवा संघ

विश्वभरि रहेका हिन्दू धर्मालम्वीहरुको आस्था र विश्वासको केन्द्र नेपाल हो। हिन्दू धर्मको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो। धर्म पहिचान हो तसर्थ आफ्नो धर्मको रक्षा गर्नु आजको प्रमुख आवश्यक्ता हो। गाई, गाँजा,गोरक्षनाथको ज्ञान विश्व सामु व्याप्त गराउने उदेश्य स्वरुप स्थापना भएको विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा कार्य गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो। यतिबेला लिपुलेकमा बेदव्यासधाम सहित देशव्यापी गौशाला निर्माणमा संगठनले कार्यहरु गर्दै आईरहेको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल

राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवसको स्थापना पश्चात नेपालका संस्कृति, सम्पदा र धरोहरको संरक्षण गर्ने मुल उदेश्य राखी यस संस्थाको स्थापना गरिएको हो। प्रतिष्ठानले यसै सालको पोशाक दिवसको दिनमा इतिहासविद तथा वांमयपुरुष सत्यमोहन जोशीज्यूलाई नगद ११,१११ – एघार हजार एक सय एघार रुपैयाँ० सहित राष्ट्रिय धरोहर सम्मानले सम्मानित गरेको छ। साथै संस्थाले पोशाक तथा भेषभुषा संग्राहालयको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

स्मार्टपालिका

स्थानिय तह अर्थात नगर तथा गाउँपालिकाहरुमा डिजिटल रुपान्तरको उदेश्य लिएर स्मार्टपालिकाले विगत ४ बर्षदेखी काम गर्दै आईरहेको छ। डिजिटल शुसासन तथा प्रविधिमैत्री स्थानिय तहको निर्माण गर्दै पेपरलेस, क्यासलेस सरकार संगै अनलाईन सेवा सुचारु गर्ने काम य कम्पनीले गर्दै आएको छ, देशका सयाँै स्थानिय निकायमा सहकार्य गर्दै यतिबेला नेपालको उत्कृष्ट सुचना प्रविधिको कम्पनीको रुपमा स्मार्टपालीका परिचित छ।

RajanandaRajananda
Copyrights © 2022 Rajanand | supported by Cellapp
On social networks